बैतडी : बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ घोडेधारमा शनिवार बिहान से १ त ६०३ नम्बरको जिप दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार जिपमा असावर दोगाडाकेदार गाउँपालिका वडा नम्बर ८ का अमर विष्टको मृत्यु भएको छ ।
दुर्घटनाबाट अन्य पाँच जना घाइते भएका छन्। उनीहरूको परिचय खुलेको छैन। घटनाको पूर्ण विवरण आउने बाँकी रहेको प्रहरीले बताएको छ।