KhabarUjyalo

रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा अन्तिम सुनवाइ कात्तिक २३ गते

१७ कार्तिक २०८०, शुक्रबार
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा अन्तिम सुनवाइ कात्तिक २३ गते

काठमाडौं। टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएकोविरुद्धमा परेको रिटकाे सुनुवाइ अर्को साता हुने भएको छ।

सर्वाेच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसाला सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीको मुद्दाको अन्तिम सुनवाई कात्तिक २३ गते हुने भएकाे हाे।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफीविरुद्ध टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोरा पत्नी शारदा कडायत लगायतले रिट दायर गरेका थिए।

कानुन व्यावसायी राधिका खतिवडा लगायतका दर्जनौं कानुन व्यावसायीहरुले विधिको शासन स्थापित गराउन पीडित परिवारको पक्षबाट निःशुल्क वकालत गर्दै आएका छन्। २०७२ साल भदौ ७ गते टीकापुरमा भएको झडपमा आन्दोलनकारीको आक्रमणमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र नाबालक गरेर ९ जनाको हत्या भएको थियो।

हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो । अदालतको फैसलाअनुसार चौधरी २०९४ साल फागुन १३ गतेसम्म जेलमा बस्नुपर्ने थियो।

तर गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि चौधरी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo