काठमाडौँ । एमाले प्रवेश गर्ने तयारी रहेकोसम्म चर्चामा रहेकी नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री एमालेको केन्द्रिय कार्यालय च्यासल पुगेकी छन्। एमालेको चियापान कार्यक्रममा सहभागी हुनको लागि झाँक्री च्यासल पुगेकी हुन्।
झाँक्रीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । उनले ओलीलाई पुष्पगुच्छा दिएकी छन् । यस्तै उनी अष्टलक्ष्मी शाक्यसँग अँगालोमा बाँधिएकी थिइन् ।
एमालेले आज चाडपर्वको अवसरमा चियापान कार्यक्रम गरेको छ ।