KhabarUjyalo

१८ वर्षीया रजिना बनिन् मधेस प्रदेशको शिक्षामन्त्री

१५ कार्तिक २०८०, बुधबार
१८ वर्षीया रजिना बनिन् मधेस प्रदेशको शिक्षामन्त्री

जनकपुरधाम- अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर कक्षा ९ मा अध्ययनरत एक छात्रा एक दिनका लागि मधेस प्रदेशको शिक्षा तथा संस्कृतिमन्त्री बनेकी छन्।

शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवले एक दिनका लागि जनकनन्दनी गाउँपालिकामा रहेको विद्यालयको कक्षा ९ मा अध्ययनरत फरक क्षमता (अपांग) भएकी १८ वर्षीया रजिना खातुनलाई पद तथा मन्त्रीको जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

मन्त्री यादवले बालिकाको मनोवल उच्च बनाउन पछाडि परेका मुस्लिम समुदायकाका किशोरीलाई प्रतिकात्मक रूपमा आफ्नो मन्त्रीको पद तथा कुर्सी हस्तान्तरण गरेका हुन्।

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर प्लान इन्टरनेसन नेपालले विकासको कामसहित बालिका, किशोरी तथा महिलाको सशक्तिकरण गर्ने अभियानअन्तर्गत विभिन्न पदहरूमा बालिकाहरुलाई पदासीन गराएर उनीहरूको आत्मबललाई बलियो बनाउने प्रयास गरिरहेको छ।

एक दिनका लागि मन्त्रीको पद पाएकी किशोरी खातुनले सार्वजनिक विद्यालयमा भएका समस्या तथा समाधानको विषयमा मन्त्री यादवलाई जानकारी दिँदै समाधानका लागि प्रयास गर्नका लागि आग्रह गरिन्।

कार्यक्रममा बोल्दै मन्त्री यादवले मधेस प्रदेश शिक्षा र साक्षरताको दृष्टिकोणले निक्कै पछाडि परेकाले नै प्रदेश सरकारले साक्षर प्रदेश अभियान चलाउन लागेको बताए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo