१८ मंसिर २०७९, आईतवार

निर्वाचन नतिजा सार्वजनिक भएपछि माओवादी र एकिकृत समाजवादीबिच पार्टी एकता हुने

८ मंसिर २०७९, बिहीबार
निर्वाचन नतिजा सार्वजनिक भएपछि माओवादी र एकिकृत समाजवादीबिच पार्टी एकता हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता प्रक्रिया थाल्ने बताउनुभएको छ । निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएपछि एकता प्रक्रियाको थालनी गरिने बताएका छन् ।

पत्रकारसँग छोटो कुरा राख्दै,‘अब निर्वाचनको सबै नतिजा आएपछि हामी एउटा समिक्षा गर्छौं । अहिले भर्खरै नतिजा आउन थालेका छन् । पूर्ण नतिजा आएपछि माधवजीसँग वार्ता गरेर एकताको प्रक्रिया सुरु हुन्छ ।’

उता, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पनि माओवादीसँगको एकता थाल्नेबारे सकारात्मक जवाफ दिनुभयो । उहाँले आफूहरु निर्वाचनलगत्तै छलफलमा बस्ने बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo