१८ मंसिर २०७९, आईतवार

बहालवाला मन्त्री बोहरालाई हराउँदै स्वतन्त्र उम्मेदवार जोशीले डडेल्धुरा (२) मा जित निकाले !

८ मंसिर २०७९, बिहीबार
बहालवाला मन्त्री बोहरालाई हराउँदै स्वतन्त्र उम्मेदवार जोशीले डडेल्धुरा (२) मा जित निकाले !

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारका बहालवाला सामाजिक विकास मन्त्री तथा कांग्रेसका उम्मेदवार गोबिन्द बोहरालाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार तारा जोशीले डडेल्धुरा प्रदेश सभा २ मा विजयी भएका छन् । जोशीले ४ सय ८० मतको अन्तरले पराजित गरेका हुन् ।

जोशीले ११ हजार १ सय ७० मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी बोहराले १० हजार ६ सय ९० मत ल्याएका थिए ।

सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका बोहरालाई भावी सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने चर्चामा रहेका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo