१८ मंसिर २०७९, आईतवार

मुख्यमन्त्रीको चर्चामा रहेका माओवादीका खगराज डडेल्धुराको प्रदेशसभा १ बाट विजयी

८ मंसिर २०७९, बिहीबार
मुख्यमन्त्रीको चर्चामा रहेका माओवादीका खगराज डडेल्धुराको प्रदेशसभा १ बाट विजयी

डडेल्धुरा : डडेल्धुराको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा  माओवादी केन्द्रका नेता खगराज भट्ट विजयी भएका छन् ।

भट्टले १२ हजार १ सय १२ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पठानसिंह बोहराले ९ हजार १ सय ९५ मत ल्याएका थिए । यस्तै स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले १ हजार ७ सय ५४ मत प्राप्त गरेका छन् । १ हजार ३ सय ३६ मत बदर भएका छन् । निर्वाचित भट्ट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज समेत हुन । उनलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनले आश्वासन दिएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo