१८ मंसिर २०७९, आईतवार

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

७ मंसिर २०७९, बुधबार
गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

गुल्मी – गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।

सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडाका लागि छुटेको लु ३ च ५३४० नम्बरको जीप कुढडाँडामा गएराति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परेर गुल्मीको सत्यवती गाउँपालिका–३ का ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिंजापती, ३० वर्षका मिलन तरामु र ४३ वर्षकी जमुना सोमैको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । ४ जनाको घटनास्थलमै र घाइते सोमैको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । अरु ४ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । घाइते चालक कार्वोलिन सोमै, स्थानीय चेतमान सिञ्जाली, गिरबहादुर राहदी र खण्डन सोमैलाई उपचारका लागि पाल्पा पठाएको जनाइएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo