१८ मंसिर २०७९, आईतवार

देउवाले जिते पनि मैले जिते जस्तै हो : सागर ढकाल

६ मंसिर २०७९, मंगलवार
देउवाले जिते पनि मैले जिते जस्तै हो : सागर ढकाल

डडेल्धुरा: प्रधानमन्त्री एव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरामा देउवाले जित्नु आफूले जिते सरह हुने बताएका छन्। मंगलबार बिहान सामाजिक संजाल फेसबुक लाइभमार्फत् सो कुरा बताए ।

‘उहाँको पाँच वर्ष अब अन्तिम हो। उहाँले जिते पनि मैले जितजस्तै हो। डराउनुपर्दैन’, उनले भने, ‘अब डडेल्धुरा बनाउने, नीति नियम लेख्ने मैलै नै हो। अब डडेल्धुराको भनेको सागर ढकाललै हो। सक्किसक्यो अब कम्पिटिसन नै छैन।’

उनले डडेल्धुराका युवालाई साथ दिएको धन्यवाद दिए। उनले सामाजिक संजालमा डडेल्धुराबासीलाई गाली नगर्न पनि आग्रह गरेका छन्

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo