१८ मंसिर २०७९, आईतवार

अमिताभ बचनको हिन्दी चलचित्र “उचाई” मा सुदूरपश्चिमकी धारणा शर्मा !

३० कार्तिक २०७९, बुधबार
अमिताभ बचनको हिन्दी चलचित्र “उचाई” मा सुदूरपश्चिमकी धारणा शर्मा !

धनगढी : सुदूरपश्चिम घर भएकी धारणा शर्मा हिन्दी चलचित्रमा देखिएकी छन् । हिन्दी चलचित्र “उचाई”मा देखिएकी छन् । टीकापुरमा जन्मेकी धारणालाई टीकापुर स्थित खड्ग स्मृति माध्यमिक बिधालयबाट एसएलसी, +२ टीकापुर बहुमुखी क्याम्पसबाट गरेकी थिइन् । भने उच्च शिक्षा काठमाडौबाट गरेकी थिइन ।

सन् २०१४ मा काठमाडौँमा भएको ‘ब्युटी क्विन’मा फस्ट रनर अप बनिन् र उनको ग्ल्यामर क्षेत्रको यात्रा सुरु गरिन् । ग्ल्यामरमा भबिष्य खोज्न सन् २०१४ देखि मुम्बईमा मोडलिङ र अभिनयमा संघर्ष गर्न थालिन् । एक दिन उँचाइका लागि कलाकार चाहिएको सूचना पाएपछि अडिसन भिडियो बनाएर पठाईन। त्यसमा छनौट भईन र उनी उचाई चलचित्रमा अभिनय गर्ने मौका पाइन ।

राजश्री प्रोडक्सनको निर्देशनमा बनेको उक्त चलचित्र नोभेम्बर ११ मा हलमा रिलिज भएको हो । चलचित्रमा अनुपम खेर, बोमन इरानी, अमिताभ बचन, परिनिधी चोपडा, उनी लगायतको अभिनय रहेको छ । राजश्री प्रोडक्सन, बाउन्डलेस मिडिया र महावीर जैन फिल्म्सको संयुक्त लगानीमा निर्माण भएको चलचित्रलाई सूरज बडजात्याले निर्देशन गरेका हुन् । उक्त चलचित्रमा उनको पनि महत्त्वपूर्ण भुमिका रहेको छ । नेपालको नाम्चे, लुक्ला, मुस्ताङमा चलचित्रको छायांकन गरिएको थियो ।

सानैदेखि नै ग्ल्यामर र अभिनयमा रुचि राख्दै आएकी धारणा मुम्बई पुगेसँगै अभिनयसम्बन्धि कक्षा लिएरपछि उक्त चलचित्रसँगै थुप्रै हिन्दी म्युजिक भिडियोमा समेत उनको अभिनय देख्न सकिन्छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo