१८ मंसिर २०७९, आईतवार

आज मिति २०७९ कात्तिक ३० गते बुधबारको राशिफल

३० कार्तिक २०७९, बुधबार
आज मिति २०७९ कात्तिक ३० गते बुधबारको राशिफल

काठमाडौं । आज मिति २०७९ कात्तिक ३० गते बुधबार, हेर्नुहोस् आजको राशिफल
मेष
साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

वृष
टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ ।

मिथुन
व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।

कर्कट 
सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।

सिंह
नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

कन्या
परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाइसंग रमाइलोमा समय बित्नेछ ।

तुला 
सहयोगीहरूले काममा साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।

वृश्चिक 
ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।

धनु 
रोकिएका अधुरा कामहरु सुचारु हुनेछन् । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ ।

मकर 
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।

कुम्भ
सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

मीन 
सोचेको आटेको कामहरु बन्नेछन् । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo