१८ मंसिर २०७९, आईतवार

अत्तरिया हस्पिटलमा ग्लोबल आईएमई बैंकका ग्राहकहरुलाई २० प्रतिशतसम्म छुट

२९ कार्तिक २०७९, मंगलवार
अत्तरिया हस्पिटलमा ग्लोबल आईएमई बैंकका ग्राहकहरुलाई २० प्रतिशतसम्म छुट

धनगढी : कैलालीको अत्तरियास्थित अत्तरिया हस्पिटलमा ग्लोबल आईएमई बैंकका ग्राहकहरुले स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। मंगलबार बैंकका प्रतिनिधि र अत्तरीया हस्पिटलका प्रतिनिधि बिच सम्झौतामा हस्ताक्षर गर्दै अत्तरिया हस्पिटलमा  बैंकका ग्राहकहरुले विशेष छुट पाउने भएका हुन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले अत्तरिया हस्पिटलको एक्स–रे, इसीजी, इको, इन्डोस्कोपी, ओपीडी, इमर्जेन्सी टिकट शुल्क, प्याथोलोजी टेस्ट, गाइनोकोलोजी सर्जरी, अर्थोपेडिक सर्जरी, जेनरल सर्जरी, एनआइसीयु, आइसीयु, जेनरल बेड हस्पिटल एड्मिट शुल्क सेवामा १० प्रतिशत छुट पाउने भएका छन्  ।

यस्तै ल्याप्रोस्कोपी अप्रेसनमा ७ प्रतिशत र क्याविन भर्नामा २० प्रतिशतसम्म छुट पाइने हस्पिटलले जनाएको छ ।

उक्त सेवा लिन सो बैंकमा खाता खोलेको हुने पर्ने छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo