१८ मंसिर २०७९, आईतवार

विश्वको जनसंख्या ८ अर्ब

२९ कार्तिक २०७९, मंगलवार
विश्वको जनसंख्या ८ अर्ब

एजेन्सी : १२ वर्षमा एक अर्ब मानिस थपिएसँगै आजदेखि विश्वको जनसंख्या आठ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघको प्रक्षेपणअनुसार जन्मदर सुस्त हुन अघि नै विश्वको जनसंख्या आठ ८ अर्ब पुगेको हो । स्वास्थ्य क्षेत्रमा भएको विकासले मानव आयु लम्बिएको छ ।

विश्व जनसंख्या दिवसको अवसरमा सोमबार सार्वजनिक गरिएको वार्षिक विश्व जनसंख्या सम्भावना प्रतिवेदनमा उल्लेख गरेको छ । सन् २०२० मा एक प्रतिशतभन्दा कममा झरेर सन् १९५० यता विश्वको जनसंख्या सबैभन्दा सुस्त गतिमा बढिरहेको देखाएको थियो ।

विश्व जनसंख्या ७ बाट ८ अर्ब पुग्न १२ वर्ष लागेको र यो ९ अर्ब वृद्धि करिब १५ वर्ष लाग्ने अर्थात सन् २०३७ सम्ममा पुग्ने अनुमान गरिएको छ ।

यो विश्व जनसंख्या वृद्धिको समग्र यो दर सुस्त संकेत पनि हो । सन् २०२२ सम्ममा, दोस्रो धेरै जनसंख्या क्षेत्रको रुपमा एसिया रहेको छ ।

एसियाको पूर्वी र दक्षिण–पूर्वी २.३ अर्ब, मध्य दक्षिण एसियामा २.१ अर्ब रचीन र भारतमा १.४ अर्बभन्दा बढी पुगेको बताइएको छ ।

सन् २०५० सम्ममा विश्वव्यापी जनसंख्याको अनुमानित वृद्धिको आधाभन्दा बढी मात्र आठ देशमा केन्द्रित हुनेछ ।

ती देशमा कंगाे, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया रहेका छन् । सन् २०२३ मा चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भारत बन्ने संयुक्त राष्ट्रसंघ को अनुमान गरेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo