१८ मंसिर २०७९, आईतवार

प्रधानमन्त्री देउवा भोलि गृहजिल्ला जादै

२९ कार्तिक २०७९, मंगलवार
प्रधानमन्त्री देउवा भोलि गृहजिल्ला जादै

डडेल्धुराः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि बुधबार गृहजिल्ला जाने भएका छन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचारप्रसारका लागि प्रधानमन्त्री देउवा भोलि बुधबार बिहान गृहजिल्ला आउन लागेका नेपाली कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले जानकारी दिए ।

देउवाले बुधबार बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा हुने बाम-लोकतान्त्रिकको चुनावी सभालाई सम्बोधन गर्ने उनले जानकारी दिए ।

यस्तै बैतडीमा हुने चुनावी सभामा पनि सहभागी हुने जनाइएको छ ।

देउवा यसअघि गृह जिल्लामा भएका चुनावीसभामा सहभागी भएर काठमाडौ फर्किएका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo