KhabarUjyalo

सूर्य थापाले दुई हजार दिएर भाइरल ‘भेलु बाजे’बाट भोट माग्न लगाएपछि

२९ कार्तिक २०७९, मंगलवार
सूर्य थापाले दुई हजार दिएर भाइरल ‘भेलु बाजे’बाट भोट माग्न लगाएपछि

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापा प्यूठानबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । थापाले हालै दुई हजार रुपैयाँ खर्च दिएर भाइरल ‘भेलु बाजे’मार्फत भोट मागेका छन् ।

सामाजिक सञ्जाल र युट्युवमा भाइरल व्यक्ति हुन्, भेलु बाजे । भेलु बाजे भनेर चिनिने उनको खास नाम मेनबहादुर बुढा हो । उनी प्यूठानकौ बासिन्दा हुन् ।

खास विशेष क्षमता वा कला नभए पनि बोल्ने शैलीका कारण भेलु बाजे सामाजिक सञ्जालमा भाइरल छन् । धेरैले उनलाई हाँसोको पात्रको रुपमा लिन्छन् । उनै भेलु बाजेलाई पैसा दिएर सूर्यले आफ्नो पक्षमा भोट मागेका हुन् ।

केही दिन अगाडि सामाजिक सञ्जालमा भेलु बाजेले ‘सूर्जे कमरेडलाई सूर्जेमा भोट ठोक्नुस्’ भन्दै भोट मागेका थिए । एमालेका कार्यकर्ताले सूर्य थापा र भेलु बाजे दुबैलाई गलाभरी माला लगाइदिएका थिए ।

भेलु बाजे आफूलाई असली माओवादी भन्छन् । तर, अचानक एमालेको उम्मेदवारलाई भोट मागेको देखेर युट्युवरले भोलिपल्टै सोधे– तपाईं एमालले हुनु भएको हो बाजे ?

युट्युरको प्रश्नमा भेलु बाजेले जवाफ दिए– ‘म कहाँको एमाले हुनु ? दुई हजार पैसा दिएर सूर्जेलाई भाट माग्न लगाए, मैले मागिदिए । मातेको बेला के–के भो के–के ।’

भेलु बाजे भन्छन्– दुई हजार दिएर भोट माग्न लगाए

भेलु बाजे अरुले पनि पैसा दिए लिएर भोट मागिदिने तर भोट चाहिँ माओवादीलाई नै दिने भन्दै युट्युवरलाई जवाफ दिन्छन् ।
सूर्य थापा एमाले अध्यक्ष केपी शर्मा ओलीका भित्रिया मानिन्छन् । ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार भएका थिए ।

प्युठानमा सूर्यले वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट चुनावी मैदानमा रहेका राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलसँग प्रतिस्पर्धा गर्दैछन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo