KhabarUjyalo

बैतडीकी आयुषाले जितिन् लिटिल आइकन नेपालका दुई अवार्ड

२९ कार्तिक २०७९, मंगलवार
बैतडीकी आयुषाले जितिन् लिटिल आइकन नेपालका दुई अवार्ड

धनगढी –लिटिल आइकन नेपाल २०२२को अवार्ड बैतडीकी आयुषा भण्डारीले जितेकी छन् । एघारौं संस्करणको लिटिल आइकन नेपालमा बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएकी आयुषाले ‘सिनियर गर्ल्स’तर्फ मोस्ट ट्यालेन्टेडको अवार्ड र  मोस्ट फ्रेन्डलीको अवार्ड हात पारेकी हुन् ।

एनपी मिडिया हाउसको आयोजना सञ्चालन भएको लिटिल आइकन नेपालको फाइनल प्रस्तुती काठमाडौंस्थित राष्ट्रिय नाचघरमा गरिएको थियो । सहभागीमध्ये निर्णायकहरुको छनौटको आधारमा आयुषाले मोस्ट ट्यालेन्टेडको अवार्ड र मोस्ट फ्रेन्डलीको अवार्ड जित्न सफल भएकी हुन् । 

उनी हाल काठमाडौंको हेराल्ड सेकेन्डरी स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन् । १० वर्षीया आयुषा सानै उमेरदेखि डान्स,कलाक्षेत्रमा पनि रुची राख्दै आएकी छन् । अवार्ड जितेपछि आयुषाले खुसी व्यक्त गर्दै यो अवार्डले आफूलाई पढाईका साथै मनोरञ्जन क्षेत्रमा अगाडी बढ्न थप हौसला प्राप्त भएको बताईन् ।  

लिटिल आइकन नेपालमा एक दर्जन बढी स्कुलका १०० बढी विद्यार्थी सहभागी थिए ।  

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo