१८ मंसिर २०७९, आईतवार

मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा

२९ कार्तिक २०७९, मंगलवार
मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा

काठमाडौं । सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै २, ४ र ५ मंसिरमा बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरका दिन मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मंसिरमा सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको उल्लेख छ । मंसिर ३ गते भने शनिबार परेको छ । 

निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो । गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo