१८ मंसिर २०७९, आईतवार

कांग्रेसमा ७ रेक्टरको भुकम्प जाँदैछ : महेश बस्नेत

२९ कार्तिक २०७९, मंगलवार
कांग्रेसमा ७ रेक्टरको भुकम्प जाँदैछ : महेश बस्नेत

भक्तपुर । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आगामी निर्वाचनमा कांग्रेसमा ७ रेक्टरको भुकम्प जाने दावी गरेका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुर क्षेत्र नं २ ‘क’ सूर्यविनायक क्षेत्र निर्वाचन परिचालन कमिटीले आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले कांग्रेसका असंख्य नेता तथा कार्यकर्ताहरु एमालेको समर्थनमा रहेको बताए । कांग्रेसका हजारौं कार्यकर्ताहरु एमालेमा प्रवेश तथा समर्थन गरेसँगै भक्तपुरबाट कांग्रेस ४०औं वर्ष एमालेले नेतृत्व गर्ने अवस्था बनेको उल्लेख गर्दै उनले देशभर कांग्रेस छोडेर तथा निर्वाचनमा पराजय पश्चात देशभरबाट कांग्रेसलाई जनमतको माध्यमबाट जनताले लखेट्ने अवस्थामा पुगेको बताए । कांग्रेसमा पिडित भएका र एमालेले लिएको विकास र समृद्धिको साथमा राष्ट्र, राष्ट्रिया र राष्ट्रिय स्वाधिनताको पक्षमा लिएको अडानका कारण एमालेमा कांग्रेसलगायतका नेताहरुलाई एमालेमा स्वागत गरी मुलुक निर्माणको पक्षमा लगाउने बताए । भक्तपुर एमालेमय भएकाले एमालेकै जनताको तिर विकास भएको उल्लेख गर्दै उनले यहि गतिमा रहे भक्तपुरमा कांग्रेस घट्दै जाने र एमाले बढ्दै जाने दावी गरे ।

भक्तपुरका जनताको लागि एमालेको विकल्प कांग्रेस हुनै नसक्ने उल्लेख गर्दै उनले भने, ‘आगामी निर्वाचन पछि कांग्रेसले ठूलो पराजय व्यहोर्नेछ । जनताबाट तिरस्कृत हुनेछ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo