१८ मंसिर २०७९, आईतवार

स्वतन्त्र उम्मेदवार बोहराको समर्थन खगराजलाई

२८ कार्तिक २०७९, सोमबार
स्वतन्त्र उम्मेदवार बोहराको समर्थन खगराजलाई

डडेल्धुराः डडेल्धुरा प्रदेशसभा क्षेत्र नम्बर ‘क’ का स्वतन्त्र उम्मेदवार धनबहादुर बोहरा (धीरज) ले वाम–लोकतान्त्रिक गठबन्धनलाई सघाउने भएका छन्।

सोमबार वाम लोकतान्त्रिक गठबन्धनले आलिताल गाउँपालिका ६ र ७ को संयुक्त चुनावीसभामा उनले नेकपा माओवादी केन्द्रका खगराज भट्टलाई सघाउने घोषणा गरेका हुन्। उनले आफूले उमेदवारी फिर्ता लिएको र वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भट्टलाई सघाउने प्रतिबद्धतासमेत जनाएका छन्।

बोहराले चुनाव हुन केही दिन बाँकी रहँदा भट्टलाई समर्थन गरेका हुन्। यसअघि उनी स्वतन्त्र उम्मेदवारका रूप चुनावी प्रचारप्रसार गर्दै आइरहेका थिए। प्रदेशसभा ‘क’ मा एमालेबाट पूर्वमन्त्री पठानसिंह बोहरा र स्वतन्त्र उम्मेदवार महेशसिंह धामी चुनावी मैदानमा छन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo