१८ मंसिर २०७९, आईतवार

युएईले नेपाललाई दियो २ सय ६४  रनको लक्ष्य

२८ कार्तिक २०७९, सोमबार
युएईले नेपाललाई दियो २ सय ६४  रनको लक्ष्य

काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईले पहिलो एक दिवसीय खेलमा नेपालासामु जितका लागि २ सय ६४  रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रनको योगफल बनाएको हो ।

युएईका रोहन मुस्ताफाले ७३ बलमा ७ चौकाको मद्दतमा ५३ रन बनाए । यस्तै, ओपनर अरविन्दले ४० रन बनाए । मुहामेद वासिमले ४१ कलमा ६ चौका र एक छक्काको मद्दतमा ४४ रन जोडे । नेपालका गुल्सन झाले दुई तथा सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

तीन एक दिवसीय शृंखलाअन्तर्गत दोस्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ । रोहित पौडेलको कप्तानीमा नेपालले खेल्न लागेको यो पहिलो खेल हो । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo