१८ मंसिर २०७९, आईतवार

घाँटी रेटेर एक जनाकाे हत्या

२८ कार्तिक २०७९, सोमबार
घाँटी रेटेर एक जनाकाे हत्या

विराटनगर – मोरङको उर्लाबारी नगरपालिकामा घाँटी रेटेर एक जनाकाे हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार राती परिवार सदस्यभित्रका सुजन पाँचकोटीले काजी महराको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका हुन् ।

४२ वर्षीय मृतक महरा मामा र हत्या आरोपी २२ वर्षीय पाँचकोटी भान्जा हुन् । हत्याका क्रममा उर्लाबारी ८ निवासी पाँचकोटीले दाउको प्रयोग गरेको मोरङका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता दिपककुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार महरा विगत ५ दिनदेखि उर्लाबारीस्थित बहिनी कल्पना पाँचकोटीको घरमा बस्दै आएका थिए । राति खाना खाएर सुतेका महरामाथि सुजनले दाउ प्रहार गरेकाे उनले जानकारी दिए ।

राति घाइते भएका महरालाई उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । उनको सोमबार बिहान करिब १ बजे मृत्यु भएको प्रहरी नायब उपरिक्षक श्रेष्ठले बताए ।

प्रहरीले हाल हत्या आरोपी सुजनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ । यद्यपि हत्याको कारण खुलि नसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo