१८ मंसिर २०७९, आईतवार

कैलालीमा गठबन्धनका उमेदवारको गाडी तोडफोड

२८ कार्तिक २०७९, सोमबार
कैलालीमा गठबन्धनका उमेदवारको गाडी तोडफोड

धनगढी/ कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेश सभा क्षेत्र ‘ख’ सत्तारुढ–गठबन्धनका साझा उम्मेदवार अमर बहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ ।

आईतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डीम गाउँमा रोकी राखेको गाडी माथी तोडफोड भएको बताईएको छ । तोडफोडबाट से १ च १५९० नम्बरको गाडीको पछाडि भागको सिसा फुटेको छ ।

आईतबार राति ८ बजे चुनावी प्रचारमा गाउँ घरमा गएकाको बेला रोकी राखेको गाडीमा पहिचन हुन सकेको छैन । गाडी तोडफोड गर्ने व्यक्तिहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo