१८ मंसिर २०७९, आईतवार

प्रचण्डविरुद्द उठेका अब्दुसको टीममाथि आक्रमण हुँदा एमाले एक नेताको टाउकोमा ७ टाँका लागे

२८ कार्तिक २०७९, सोमबार
प्रचण्डविरुद्द उठेका अब्दुसको टीममाथि आक्रमण हुँदा एमाले एक नेताको टाउकोमा ७ टाँका लागे

पोखरा । गोरखा- २ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ । आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको हो ।

आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ । घटनाको बेला अब्दुस भने चुनावी प्रचारमा थिए ।

आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौं लगिएको छ ।

प्रहरीले आक्रमण गर्ने दुई जनालाई पक्राउ गरेको छ। बाँकी ३ जना फरार भएको प्रहरीले जनाएको छ ।

गोरखा–२ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रतिनिधिसभा उम्मेदवार छन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo