१८ मंसिर २०७९, आईतवार

हिमाली भू–भागमा हिमपात हुन थालेपछी चिसो बढ्यो

२८ कार्तिक २०७९, सोमबार
हिमाली भू–भागमा हिमपात हुन थालेपछी चिसो बढ्यो

काठमाडौं । केही दिनयता चिसो बढ्न थालेको छ । तापक्रम घट्न थालेपछि चिसो बढ्दै गएको हो ।

हिमाली भू–भागमा हिमपात सुरु भइसकेको छ । जसका कारण चिसो बढ्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । हिमपातका कारण पर्वतारोहणमा पनि अवरोध आउन सक्ने विभागको भनाइ छ । पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन विभागको आग्रह छ ।

यसैबीच, आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश–१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo