१८ मंसिर २०७९, आईतवार

दार्चुलामा एमाले कार्यकर्ताद्वारा माओवादी नेता धामीमाथी आक्रमण

२७ कार्तिक २०७९, आईतवार
दार्चुलामा एमाले कार्यकर्ताद्वारा माओवादी  नेता धामीमाथी आक्रमण

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा माओवादी केन्द्रका कार्यकर्ता जयभान सिंह धामी सख्त घाइते भएका छन् ।

आइतबार नौगाड गाउँपालिकामा धामीमाथि एमालेका कार्यकर्ताबाट सामूहिक आक्रमण भएपछि धामीको अझै होस नआएको दार्चुला प्रहरीले बताएको छ । जिल्लामा उपचार हुन नसकेपछि धामीलाई धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

आक्रमणमा परेका धामी नेकपा (माओवादी केन्द्र) दार्चुला(काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष हुन् । एमालेका कार्यकर्ताले धामीमाथि सामूहिक आक्रमण गरेको माओवादी केन्द्रका नेता तारादत्त भट्टले आरोप लगाएका दिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo