१८ मंसिर २०७९, आईतवार

विश्वकपको उपाधि: पाकिस्तानले इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य

२७ कार्तिक २०७९, आईतवार
विश्वकपको उपाधि: पाकिस्तानले इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय  ३७ रन बनायो ।

पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहम्मद रिजवानले १५ रन बनाए ।

शादब खानले २० रन जोड्दा मोहम्मद हरिस ८ रन, मोहम्मद वासिम ४ रन, मोहम्मद नवाज ३ रन  तथा इफ्तिखर अहमेद शून्य रनमा आउट भए । शाहिन साह अफ्रिदी ५ रनमा अविजित रहँदा हरिस राउफले अविजित १ रन बनाए ।

इंग्ल्यान्डका साम करनले ३ विकेट लिए । क्रिस जोर्डन र आदील राशिदले २/२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो ।

आज दुवै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रिएका छन् । आज दुवै टिम जित निकाल्दै दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo