१८ मंसिर २०७९, आईतवार

कुनै चलखेल नभए जित सुनिश्चित भएको सागर ढकालको दाबी !

२७ कार्तिक २०७९, आईतवार
कुनै चलखेल नभए जित सुनिश्चित भएको सागर ढकालको दाबी !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले कुनै चलखेल नभए आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

आइतबार सामाजिक संजालमार्फत उनेले निर्वाचनमा चलखेल नभए आफ्नो जित सुनिश्चित भएको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘ कुनै चलखेल नभए जित सुनिस्चित नै छ । ईन्डिया , खाडिमा हुनुभएका सम्पुर्ण डडेल्धुरा बासिन्दाले घरमा दिनदिनै फोन गरेर सागर ढकाललाई सुइ मा मतदान गर्न भन्नुहोला ।

आज नवदुर्गा वडा नम्बर २ मा बुडि आमाले ” नातीले फोन गरेर सुइ र धारामा भोट हाल्न भन्याछ ” भन्नुभयो । निकै खुसी लाग्यो, आउनुहोस् है छिटो छिटो सबैजना डडेल्धुरा ।’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo