१८ मंसिर २०७९, आईतवार

भुकम्पका कारण बझाङमा १०० घरमा क्षति

२७ कार्तिक २०७९, आईतवार
भुकम्पका कारण बझाङमा १०० घरमा क्षति

धनगढी : भूकम्पका कारण बझाङमा एउटा घर भत्किएको छ। झण्डै १०० घर चर्किएको छ ।

शनिबार राती ८ बजेर १२ मिनेटमा बझाङको खप्तडछान्ना गाउँपालिका– ६ पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर ५.४ रेक्टरस्केलको भूकम्प गएको थियो।

बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले गाउँपालिकाभरीमा करिब १०० घर भूकम्पका कारण चर्किएको विवरण प्राप्त भएको र केही घर भत्किएको जानकारी दिए।

भूकम्प आएपछि डरले स्थानीयहरु रातभरी घर बाहिर आगो तापेर बसेरका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo