१८ मंसिर २०७९, आईतवार

भूकम्पले डोटीमा ७ घर भत्किए

२६ कार्तिक २०७९, शनिबार
भूकम्पले डोटीमा ७ घर भत्किए

डोटी : बझाङको खप्तड छान्ना गाउँपालिकाको पाटादेवल केन्द्रबिन्दु बनाइ ५.४ म्याग्निच्युडको भूकम्प जाँदा डोटीमा ७ घर भत्किएका छन् ।

बुधबार राती डोटी केन्द्र विन्दु बनाएर आएको भुकम्पमा परी ६ जनाको मृत्यु भएका थिए । एक दर्जन घरमा क्षती पुर्‍याएको थियो ।

आज आएको भूकम्पका कारण सायल गाउँपालिकामा दुईवटा, पूर्विचौकी गाउँपालिकाको पोखरीमा समेत तीन वटा घरहरू भत्किएको जनाइएको छ।

फेरि भुकम्प आएपछि स्थानीयहरुमा त्रास बढेको छ । अहिले घर बाहिर निस्केर आगो तापेर बसेका छन् । file photo

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo