१८ मंसिर २०७९, आईतवार

बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव ४ रेक्टरको भूकम्प

२६ कार्तिक २०७९, शनिबार
बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव ४ रेक्टरको भूकम्प

धनगढी : बझाङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव ४ रेक्टरको भूकम्प गएको जनाएको छ । 

भूकम्पको धक्का सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा महसुस भएको थियो ।

भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घरबाट निस्किएका छन् । भूकम्प बारे थप विवरण आउन बाकी छ

बुधबार डोटीको खप्तड निकुञ्ज केन्द्र बिन्दु बनाएर ६.६ रेक्टर भुकम्प गएको थियो । भुकम्पले मानवीय क्षती पुर्‍याएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo