१८ मंसिर २०७९, आईतवार

डोटीमा पानीको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु

२६ कार्तिक २०७९, शनिबार
डोटीमा पानीको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु

डोटी – डोटीमा पानीको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार जिल्लाको केआइसिंह गाउँपालिका -४ काफलीमा ना २ ख ६८२७ नम्बरको ट्यांकर दुर्घटना भएको हो ।

दुर्घटनामा डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका – ८ का ३८ वर्षीय दान बहादुर धामीको निधन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा चालक धामी ट्यांकरमुनि च्यापिएर गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाने क्रममा  उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo