१८ मंसिर २०७९, आईतवार

ओलीले आलेलाई इङ्गित गर्दै भने छाडा बोलेर अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरे

२६ कार्तिक २०७९, शनिबार
ओलीले आलेलाई इङ्गित गर्दै भने छाडा बोलेर अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरे

धनगढी : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री प्रेम बहादुर आलेले नेपालीको बेइजत गरेको बताएका छन्।

शनिबार डोटीमा एमालेद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले आलेलाई इङ्गित गर्दै यस्तो बताएका हुन्।

उनले भने, ‘तिनी मैले आफैँले हस्ताक्षर गरेको मान्छे हुन्। आफैँले सही गरेर उम्मेदवारी दिएको मान्छेको अहिले भाषा सुन्नुस्। डोटीको मात्रै बेइज्जत होइन सिङ्गै डोट्याली भाषा,सभ्यता र संस्कृतिको बेइज्जत गरे । के हो मन्त्रीको भाषा। विश्वभरिबाट उनलाई हटाउन भनियो। आन्दोलन र पार्टीको माया नगर्ने विकाससँग माया नगर्ने स्वार्थी तत्वहरुलाई मत दिनुहुदैन। जमानत भन्दा तल पार्नुपर्छ।’

 तत्कालीन मन्त्री रहेकै बेला आलेको कुनै बेला बोलेको अश्लील गाली सामजिक संजालमा भाइरल भएको थियो।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo