१८ मंसिर २०७९, आईतवार

यू-१५ महिला साफको उपाधि नेपाललाई

२५ कार्तिक २०७९, शुक्रबार
यू-१५ महिला साफको उपाधि नेपाललाई

काठमाडौं । नेपालले बङ्गलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ।

ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बङ्गलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।

रोमाञ्चक खेलमा नेपालकी गोलकिपर तथा कप्तानी गरेका सुजता तामाङले उत्कृष्ट प्रदर्शन गर्दै एक पेनाल्टी बचाएपछि नेपाल च्याम्पियन बनेको हो ।

खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४ औँ मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

तर, खेलको ५४ औँ मिनेटमा रुमाले गोल गर्दै बङ्गलादेशलाई १-१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलको ८९ औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी प्राप्त गर्‍यो । तर, बङ्गलादेशकी बीबी रिताको पेनाल्टी गोलकिपर सुजताले उत्कृष्ट बचाउ गरिन् ।

त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिदा नेपाल च्याम्पियन बनेको हो। यस बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहँदै १० अङ्क जोड्यो । र, शीर्ष स्थानमा रहँदै नेपालले उपाधि उचाल्न सफल भयो । बङ्गलादेश भने ४ खेलमा ७ अङ्क जोडेर उपविजेता बन्यो । भुटान अङ्क विहीन रहँदै घर फर्कियो । प्रतियोगितामा नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहेको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo