१८ मंसिर २०७९, आईतवार

ओलीलाई हर्क साम्पाङको कटाक्ष: कोसीको पानी ल्याउने गफ दिएछ हाउडेले !

२५ कार्तिक २०७९, शुक्रबार
ओलीलाई हर्क साम्पाङको कटाक्ष: कोसीको पानी ल्याउने गफ दिएछ हाउडेले !

धरानका मेयर हर्क साम्पाङले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीप्रति कटाक्ष गर्दै कोसीको पानी आफूले ल्याउने बताएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा ओलीप्रति तीखो टिप्पणी गर्दै हर्कले लेखेका छन्, ‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई सयर गराउनेले कोसीको पानी ल्याउने गफ दिएछ। म ल्याउँछु पानी कोसीको। धेरै चुनौती नदिँदा हुन्छ हाउडेले!’

आज ओलीले धरानमा चुनावी सभाका क्रममा आफ्नो सरकार बने कोसीको पानी ल्याउने बताएका थिए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo