१८ मंसिर २०७९, आईतवार

बागी उम्मेदवारमाथि ओलीको आक्रोशः दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने

२५ कार्तिक २०७९, शुक्रबार
बागी उम्मेदवारमाथि ओलीको आक्रोशः दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने

धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने बताएका छन् । धरानमा भएको सभालाई संबोधन गर्दै ओलीले पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्न पनि उनलाई आग्रह गरे । ‘समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने,’ ओलीले भने, ‘दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने ।’

दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षडयन्त्र स्वरुप स्वतन्त्र अभियान चलाइएको ओलीले आरोप लगाए । उनले यो अभियानलाई दलीय व्यवस्था विरोधी अभियानका रुपमा परिभाषित गरे ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo