काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्लाको चुनावी सभामा आफू २०५१ सालमा प्रधानमन्त्री भएको बताएका छन् ।
बिहीबार नेकपा एमाले झापाले खोरुङ्गामा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा आफू २०५१ सालमै प्रधानमन्त्री भएको बताएका हुन् ।
२०५१ सालमा एमाले नेतृत्वको सरकारले वृद्धभत्ता सुरु गरेको सन्दर्भमा बोल्दा ओलीले आफू प्रधानमन्त्री रहेको बताएका हुन् । “एमालेले २०५१ सालमा मनमोहन नेतृत्वको सरकार बनायो त्यस बेला म अनि प्रधानमन्त्री थिए ।”
ओलीले झापामा बोल्ने क्रममा ‘वृद्धभत्ता ल्याउने सरकारमा म गृहमन्त्री थिए’ भन्न खोजेको हुनसक्छ । तर ओलीले प्रधानमन्त्री भनेका थिए । २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वको सरकारमा केपी शर्मा ओली गृहमन्त्री थिए ।