१८ मंसिर २०७९, आईतवार

बैतडी पुगेर प्रधानमन्त्री देउवा भने- झुलाघाटमा पुल बनाएरै छाड्छु

२३ कार्तिक २०७९, बुधबार
बैतडी पुगेर प्रधानमन्त्री देउवा भने- झुलाघाटमा पुल बनाएरै छाड्छु

बैतडी – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताएका छन् । आज बुधवार संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले बैतडीको पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिमको विकासका लागि यहाँका ठूला आयोजना प्राथमिकतामा रहेको बताएका हुन् ।

पश्चिम सेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमुना सहर निर्माणका काम सम्पन्न भएमा यहाँको विकास र रोजगारीमा टेवा पुग्ने प्रधानमन्त्री देउवाले बताए । उनले भने, ‘झुलाघाटमा मोटरेबल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, त्यो पुल बनाएरै छाड्छु । पश्चिम सेती परियोजना अघि बढेको छ  । पश्चिम सेती बन्यो भने सुदूरपश्चिमको विकासमा टेवा पुग्छ ।’

उनले देशको आवश्यकताका आधारमा गठबन्धन गरिएको जिकिर गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल समेत गरे ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo