१८ मंसिर २०७९, आईतवार

यस्तो टिकटक बनाउनेलाई धनगढी उपमहानगरले महिनाको १५ हजार पुरस्कार दिने !

२३ कार्तिक २०७९, बुधबार
यस्तो टिकटक बनाउनेलाई धनगढी उपमहानगरले महिनाको १५ हजार पुरस्कार दिने !

धनगढीः धनगढी उपमहानगरपालिकाले उपमहानगरभित्र सडक तथा सार्वजनिक स्थलहरुमा फोहोर टिपेर डस्टबिनमा खसालेको भिडियो टिकटक बनाउनेमध्ये उत्कृष्टलाई प्रत्येक महिना १५ हजारसहित पुरस्कृत गरिने  घोषणा गरेको छ । ग्रिनक्लिन धनगढी बनाउने अभियान अन्तर्गत यस्तो पुरस्कारको घोषणा गरिएको हो।

मंसिर १ गतेदेखि लागू हुने गरी फोहोरलाई टिप्दै डस्टबिनमा राख्दै टिकटक बनाउनेमध्ये उत्कृष्टलाई महिनाको १५ हजार नगदसहित पुरस्कृत गर्ने नगरप्रमुख गोपाल हमालले बताएका छन् ।

 यो पुरस्कार विशेष गरी टिकटकका पारखी एवं युवा विद्यार्थीलाई लक्षित गरी घोषणा गरिएको उपमहानगरले जनाएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo