१८ मंसिर २०७९, आईतवार

ओलीले लिम्पियाधुरा फिर्ता ल्याउन दार्चुलामा होइन भारतसँग कुरा गर्नुपर्थ्यो : प्रधानमन्त्री देउवा

२३ कार्तिक २०७९, बुधबार
ओलीले लिम्पियाधुरा फिर्ता ल्याउन दार्चुलामा होइन भारतसँग कुरा गर्नुपर्थ्यो : प्रधानमन्त्री देउवा

दार्चुला : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग कुरा गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले नक्सामा राखेको भूमिलाई फिर्ता ल्याउन भारतसँग छलफल गर्नुपर्ने बताए ।दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजित कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउन सबै एकमत रहेको बताए । उनले दार्चुला आएर कालापानी, लिपुलेक र लिम्पियाधुराको जिकिर गरेर भूमि फिर्ता नआउने बताए । ‘भारतसँग कुरा गर्नुपर्छ । ओलीजीले बोलेर जाुनभएको छ, उहाँले दार्चुलामा होइन भारतसँग कुरा गर्नुपर्थ्यो । दार्चुला आएर फिर्ता हुने छैन । सबैलाई थाहा छ लिम्पियाधुरा, लिपुलेक, कालापानी कहाँ छ भन्ने । नेपालको भूभाग हो तर नेपालसँग छैन ।’

कालापानी, लिपुलेक र लिम्पियाधुराबारे एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रम फैलाएको पनि प्रधानमन्त्री देउवाको भनाइ थियो । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo