२० मंसिर २०७८, सोमबार

भूपेन्द्र हत्यामा नयाँ ‘ट्विस्ट’ : होटेलबाट दुई पेस्तोल र बर्दियामा दुई मोटरसाइकल बरामद

९ मंसिर २०७८, बिहीबार
भूपेन्द्र हत्यामा नयाँ ‘ट्विस्ट’ : होटेलबाट दुई पेस्तोल र बर्दियामा दुई मोटरसाइकल बरामद

कैलाली : कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हत्या प्रकरणमा अर्को ‘ट्विस्ट’ आएको छ । प्रहरीले भूपेन्द्रको हत्याको समयमा प्रयोग भएका दुई मोटरसाइकल बर्दियाबाट बरामद गरेको छ ।

प्रहरीले बर्दियास्थित रोयर एडभेन्चर रिसोर्टबाट घटनामा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरेको हो । घटनामा दुई मोटरसाइकल र एक स्कुटर प्रयोग भएको प्रहरी अनुसन्धानले देखाएको छ । स्कुटर फेला पर्न बाँकी छ ।

प्रहरीले सो रिसोर्टका सञ्चालक अतिश थापालाई पनि पक्राउ गरेको छ । अतिशले घटनामा संलग्नहरूलाई भाग्न सहयोग गरेको देखिएको एक प्रहरी अधिकारीले बताए ।

यस्तै, कैलालीको टीकापुरस्थित सिद्धार्थ होटेलबाट प्रहरीले दुई पेस्तोल बरामद गरेको छ । बरामद भएको पेस्तोल घटनामा फरार रहेका नवीन रावल समूहको भएको प्रहरी बुझाइ छ ।

तिहार टीकाको भोलिपल्ट सिद्धार्थ होटेलनजिकै भूपेन्द्रको नवीन रावलको समूहले हत्या गरेको थियो । नवीनको समूहले विभिन्न घटनामा पेस्तोल देखाएर तर्साउने गरेको पाइएको र बरामद भएको पेस्तोल उनीहरूकै हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।

पेस्तोल होटेलको कोठामा रहेको शौचालयभित्र लुकाएको पाइएको थियो । घटनाबारे प्रहरी अनुसन्धानमा जुटेको छ । भूपेन्द्र हत्या अनुसन्धानमा सीआईबी, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीको टोली सक्रिय छ ।

होटेल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीले दाबी गर्दै आएको छ । नवीन हाल फरार छन् ।

नवीन टीकापुर र लम्की क्षेत्रमा लामो समयदेखि गुन्डागर्दी र विभिन्न अपराधमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । हत्यामा संलग्न आरोपमा १६ जनाविरुद्ध किटानी जाहेरी छ । बार्हखरीबाट

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
157 Shares
Tweet
Share157
Share
Pin