२० मंसिर २०७८, सोमबार

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त म्याग्डलेनाद्वारा केही घण्टामै राजीनामा

९ मंसिर २०७८, बिहीबार
स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त म्याग्डलेनाद्वारा केही घण्टामै राजीनामा

काठमाण्डाै – स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त म्याग्डलेना यान्डरसनले केही घण्टामै राजीनामा दिनुभएको छ ।

यान्डरसन हिजो प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर उहाँको गठबन्धन सरकारको साझेदार दल ग्रीन्सले समर्थन फिर्ता लिएपछि राजीनामा दिनुभएको हो । यान्डरसनले राजीनामा दिएपछि स्वीडेनमा बजेट पारित हुन सकेको छैन ।

ग्रीन्सले उग्र दक्षिणपन्थीसँग मस्यौदा गरिएको बजेट स्वीकार गर्न नसकेको जनाएको छ । यान्डरसनले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिस गर्ने बताउनुभएको छ । स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीया सोसियल डेमोक्र्याट नेता यान्डरसन नियुक्त हुनुभएको थियो ।

संसद्का ३४९ जना सांसद् मध्ये १७४ ले उहाँको विपक्षमा मत खसालेका थिए । उहाँलाई समर्थन गर्ने ११७ सांसदसहित थप ५७ जना तटस्थ रहेका थिए । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
10 Shares
Tweet
Share10
Share
Pin