२० मंसिर २०७८, सोमबार

रुकुम जाने जहाजलाई नेपालगञ्ज अवतरण गराउने निर्णय उचित थियो : निगम

८ मंसिर २०७८, बुधबार
रुकुम जाने जहाजलाई नेपालगञ्ज अवतरण गराउने निर्णय उचित थियो : निगम

काठमाण्डाै – नेपाल वायु सेवा निगमले रुकुम जाने जहाजलाई निर्णय गरेरै नेपालगञ्ज लगिएको जनाएको छ । गएको आइतवार रुकुमको सल्लेका लागि उडेको जहाजलाई पाइलटले ‘ड्युटी समय सकिएको’ भनेर नेपालगञ्जमा अवतरण गराएपछि निगमको आलोचना भएको थियो । तर निगमले भने व्यवस्थापनको निर्णयअनुसार नै पाइलटले जहाजलाई नेपालगञ्ज अवतरण गराएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । 

गएकाे आइतवार बिहान सवा ६ बजे काठमाण्डौबाट उड्नुपर्ने जहाज मौसमका कारण उड्न नसकी रद्द गरिएकोमा मौसममा सुधार आएपछि फेरि यात्रुलाई खबर गरेर दिउँसो २ बजेर ५८ मिनेटमा जहाज उडेको निगमले जनाएको छ ।

बिहान सवा ५ बजेदेखि ड्युटीमा रहेका पाइलटले जहाजलाई सल्ले पुर्‍याउँदा आफ्नाे ड्युटी गर्ने समय सकिने भएकाले नेपालगञ्ज लैजाने निर्णय काठमाण्डौमै भएको निगमले जनाएको छ । हवाई उडानसम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन/नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरेको कारण त्यस दिन रुकुम उडान नगर्ने निर्णय भएको निगमको भनाइ छ ।

रुकुम र नेपालगञ्ज जाने यात्रुहरूलाई काठमाण्डाैमै राखिरहनुभन्दा नेपालगञ्जसम्म पुर्‍याउर रुकुम जाने यात्रुहरूलाई निगमको नियमअनुसार होटलमा राखी भोलिपल्ट बिहानै रुकुम पुर्‍याउनुपर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि रहेको निगमको दाबी छ । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
40 Shares
Tweet
Share40
Share
Pin