२० मंसिर २०७८, सोमबार

धनगढीकी १४ बर्षिया दिया लुईटेल ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ को उत्कृष्ट १३ मा !

५ मंसिर २०७८, आईतवार
धनगढीकी १४ बर्षिया दिया लुईटेल ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ को उत्कृष्ट १३ मा !

काठमाडौँ- धनगढीकी १४ बर्षिया दिया लुईटेल ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ मा उत्कृष्ट १३ मा पुगेकी छन् ।

नेपालमै पहिलोपटक हुन गइरहेको नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सिङ्गगिङ्ग रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ मा उनी उत्कृष्ट १३ मा पुगेकी हुन् ।

उनले १३ औं एपिसोडमा दियाले ‘काफल खान्या कुय्या’ बोलको गित दमदार गाएकी थिइन । उनले निर्णायकबाट ३० अंक र जुरी भोटबाट १९ अंक गरी जम्मा ४९ अंक प्राप्त गरेकी थिईन् । उत्कृष्ट १२ का लागि सोमबार १२ बजेसम्म भोटिङ गर्न मिल्नेछ । दियालाई भोटिङका लागि message box मा गएर टाइप क्यापिटलमा SGMP 05 त्यसपछि 33001 मा मेसेज पठाउने सकिन्छ । यस्तै MOMO app डाउनलोड गरेर पनि भोट गर्न सकिने छ ।

ग्यालेक्सी 4K मा प्रसारण भैरहेको सारेगमप लिटिल च्याम्प्स नेपाल’ मा निर्देशन एलिन श्रेष्ठ रहेका छन् । न्हु बज्राचार्य, इन्दिरा जोशी तथा कालीप्रसाद बाँस्कोटा जज रहेको यस कार्यक्रमको सञ्चालन रिमा विश्वकर्मा र यमन श्रेष्ठले गर्नेछन् ।

सिङ्गगिङ्ग रियालिटी सो साताको दुई दिन हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोर के र DOKO Youtube Channel बाट प्रसारण हुदैछ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
431 Shares
Tweet
Share431
Share
Pin