९ जेष्ठ २०७९, सोमबार

सपनाले होइन, विकासप्रति हामी कति दृढ संकल्पित छौँ भन्नेमा निर्भर पर्छ : वरिष्ठ इन्जिनियर ऐर

२ मंसिर २०७८, बिहीबार
[Sassy_Social_Share]
सपनाले होइन, विकासप्रति हामी कति दृढ संकल्पित छौँ भन्नेमा निर्भर पर्छ : वरिष्ठ इन्जिनियर ऐर

डडेल्धुरा : सुदुर पश्चिम प्रदेशका पहाडी जिल्ला डोटी, अछाम, बैतडी, दार्चुला, बझाङ र बाजुराको प्रवेश बिन्दुका रुपमा रहेको डडेल्धुरा जिल्ला भौगोलिक सुन्दरताका साथै कृषि, व्यापार, पर्यटनका रुपमा विकासको सम्भावना रहेको जिल्ला हो । जिल्ला हाल ५ वटा गांउपालिका र २ वटा नगरपालिका रहेका छन् ।

भौगोलिक विविधताले भरिएको डडेल्धुरा जिल्लाको १५३८ बर्ग कि.मी क्षेत्रफल रहेको यस डडेल्धुरा जिल्लाको पूर्वमा डोटी, पश्चिममा भारतको पिथौरागढ जिल्ला र महाकाली नदी, उत्तरमा वैतडी, दक्षिणमा कैलाली र कन्चनपुर जिल्लासंग सिमाना जोडिएको छ । जिल्लाको करिव ७५ प्रतिशत भू–भाग वनजंगल रहेको छ भने कृषि योग्य क्षेत्रफल २५,६१० हेक्टर रहेको छ । कृषि योग्य जमिनलाई कृषि प्याकेज बनाउने सिचाइको समस्या भएका ठाउँमा लिफ्टबाट सिचाई गर्ने हो भने डडेल्धुरा सुदूरपश्चिम प्रदेश कै तरकारी खेतीका एक विशेष क्षेत्र बन्छ । यस्तै ग्रामीण सडक सुधार, पर्यटकिय क्षेत्रको संरक्षण र प्रवर्द्धन,खनिज पदार्थ र जडिबुटी संरक्षण र प्रवर्द्धन गरे जिल्लाको बिकासको सम्भावना रहेको छ ।

डडेल्धुराको विकासका लागि पूर्वाधारमा लगानी मार्फत रोजगारी सिर्जना गर्ने बिकासका सुधारमा हुनुपर्छ। सरकारले राजनीतिक योजना भन्दा पनि जनताका प्राथमिकताको आधारमा योजना बनाउन सक्नुपर्छ । विद्युत र यातायात सहितको पूर्वाधारको विकासले जिल्लामा उत्पादनमूलक क्षेत्र, पर्यटन र कृषिको विशाल अवसर र सम्भावनाको ढोका खोल्छ। वास्तवमा हाम्रो प्रगति हामी कति सपना देख्छौँ भन्नेमा होइन, विकासप्रति हामी कति दृढ संकल्पित छौँ भन्नेमा निर्भर गर्छ।

डडेल्धुरा जिल्लाको समग्र क्षेत्रको बिकासका लागि योजना अनुरुप अगाडि बढ्नु पर्छ :

सडक क्षेत्र:

धनगढी-डडेल्धुरा भिमदत्त राजमार्गलाई नौबिसे-मुग्लिङ्ग सडक जस्तै बनाउने ।

डडेल्धुरादेखि अन्य ७ पहाडी जिल्ला जोड्ने सडक दुई लेन बनाउने ।

डडेल्धुरा जिल्लाका मुख्य ४ सडक उग्रतारा-मेलौली सडक(पन्चेस्वर विद्युत परियोजनाका लागि), पोखरा-बेलापुर सडक(पश्चिम सेती विद्युत परियोजनाका लागि पुर्वाधारको रुपमा विकसित गराउने), बागबजार-रुपाली गाड सडक (पन्चेस्वर विद्युत परियोजनाका लागि), भत्काडा-गणेशपुर-रेल हुँदै उच्चाकोट सडक बनाउने

बागबजारको बस स्टेशनको स्तरोन्नति गरिने र डकिनेमा बसस्टोप बनाउने

अमरगढी रिङ्ग रोड बनाउने (आइत- भकिया-उग्रतारा- सल्लाघारी)

भत्काडा देखी पोखरासम्म सडक चौडा बनाउने (घर-घरेडीको उचित मुआवजा दिने)

दैजी-जोगबुडा- आइत सडकको स्तरोन्नती

दैजी-जोगबुडा सडक निर्माण कार्यलाई युद्धस्तरमा अगाडि बढाउने

मित्रराष्ट्र चिन जोड्ने बझाङ र दार्चुलाबाट युद्धस्तरमा काम सुरु गरि, चिनसङ्गको ब्यापारीक सम्बन्ध बढाउने

विद्युत क्षेत्र :

३० मेघावाट चमेलिया विद्युत परियोजना सम्पन्न

करिब ३०० मेघावाट अन्य विद्युत आयोजना निर्माणको कार्य

निकट भविष्यमा पश्चिम सेती परियोजना ७५० मेघवाट र चैनपुर-सेती विद्युत परियोजनाबाट २१० मेघावाटबाट उत्पादनको सम्भावना, डडेल्धुरा लगायत सुदूरपश्चिमका जिल्लाको बिकासको मुल आधार बन्ने र रोजगार सिर्जना हुने

यसै बर्षमा डडेल्धुरामा विद्युतीकरण गर्ने

शिक्षा क्षेत्र :

डडेल्धुरा जिल्लामा निकट समयमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना या मेडिकल कलेजको स्थापना

डडेल्धुरा बिएड कलेजमा कृषि,बन बिज्ञान तर्फको स्नातक तहको पढाई गरिने छ साथै रुपाल डाडाबन र जोगबुडामा प्राबिधिक शिक्षालय खोलि मध्यम बर्गिय प्राबिधिक शिक्षा दिने

जोगबुडामा सरकारी इन्जिनियरिङ्ग कलेजको स्थापना

स्वास्थ्य क्षेत्र :

डडेल्धुराको उपक्षेत्रीय अस्पताललाई अत्याधुनिक उपकरण जडान गरेर ५०० बेडको सुबिधा सम्पन्न अस्पताल बनाई सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामीलाई अन्यत्र जानू नपर्ने बाध्यता हट्ने

​जोगबुडामा ५० बेडको अस्पताल स्थापना

सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताल साथै पहाडी जिल्लाका जिल्ला अस्पताल स्तरोन्नति गरि अत्याधुनिक उपकरण जडान गर्ने

कृषि क्षेत्र :

डडेल्धुरामा लिफ्ट सिचाई र लिफ्ट सम्बन्धिको योजनाहरु निर्माणका लागि छिटै सरकारी टोलीबाट योजना छनोट गराएर सिचाइको ब्यवस्था गराउने

सतकट्टाको पानी टनेल मार्फत बगरकोटमा सिचाई

सोरनालाको पानी लिफ्ट मार्फत देवल दिब्यपुरमा सिचाई योजना

सहायक खोलाहरुमा रंगुन, रडुवा, पन्तुरा, रुपाली गाड, घटाल, सुर्नायाँ, रुवाखोला, सकायल, तिलाडीगाड, दोगाड, आरा, सिर्ष, कलेना, लोपा, सिराड, सादनी, ठूलिगाड, डोटीगाडबाट पानी लिफ्टिङ्ग गरेर माथिल्लो भेगको खेतीयोग्य जमिनमा सिचाइ योजना

जडिबुटी खेतीको प्रवर्द्धन र संरक्षण गरिने

सरकारी दुग्ध डेरी संचालन गर्ने

आलुखेती तरकारी बीउ उत्पादनको खेतीमा व्यापक ल्याउने र बजारीकरण ब्यवस्थापन

फलफुल र तरकारी खेतीका लागि विभिन्न स्थानमा बर्षातको पानी जम्मा गर्न पोखरी निर्माण गर्ने

जिल्लामा तरकारी,फलफुल र पशुपालनका लागि पकेट क्षेत्र छनोट गरेर ब्यवसायिक खेतीमा प्रोत्साहन

पर्यटन क्षेत्र :

टुडिखेलबाट लामसिंह सम्म केवलकार निर्माण गरि रुपाल देखि जुम्लासम्मको महाभारत डाडामा पैदलयात्रा ,हर्ष राइडिङ्ग ,साइकलको पुर्वाधार तयार

घटाल डोटीको गाडमा साना साना ड्याम बनाई डुङ्गा सवार, स्विमिङ्ग,फिसिङ्ग, हिड्ने ट्रायक साथै पिकनिक स्पोट निर्माण गर्ने

जिल्लामा सरकारी टोलिबाट सम्भावना भएका फलामी खानी, खनिजका खानीको अध्ययन गर्ने

पर्शुराम मन्दिर, उग्रतारा मन्दिर, भागेश्वर मन्दिर, डागेश्वरी मन्दिर, समैजि मन्दिर, असीग्राम मन्दिर, गन्याप मन्दिर, गन्याप शिखर, सहश्रलिङ्ग आदि धार्मिक महत्वका शक्ति पिठहरु प्रवर्द्धन गर्ने

अजयमेरुकोट तथा अमरगढी नगरपालिका स्थित अमरगढी किल्ला यस जिल्लाको प्रमूख ऐतिहासिक स्थलले पर्यटकलाई भित्र्याउने

डडेल्धुराको पुईलेकमा कुहिरो पनि नलाग्ने दुबै साइडबाट टेक र ल्यान्ड गर्न निकट समयमा सरकारी टोलीले अनुगमन गर्ने सकिने साथै ७२ सिट क्षमता भएको विमान बन्न सक्ने

जिल्लाभरी पर्यटकिय गन्तव्य स्थानको निर्माण र होमस्टको निर्माण पर्यटकलाई विशेष प्याकेज बनाउने

धनगढीको एयरपोर्टलाई अन्तरास्ट्रिय एयरपोर्ट बनाईने काठमाडौं,भैरहवा,पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट सेम लिन्क गराउने साथै महेन्द्रनगरको एयरपोर्टको स्तरोन्नति गर्ने र संचाललमा ल्याउने डडेल्धुरामा पर्यटकीय चहलपहल बढाउने जिल्लाको आर्थिक विकासका गतिविधि बढाउने गर्दछ ।

​राजनीतिबाट लिने सोच भन्दा समाज,जनताका आवश्कतालाई प्राथमिकता दिएर कार्ययोजना अगाडि बढाउन सके विभिन्न धार्मिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न र देश विदेशमा चिनाउन ती क्षेत्रको संरक्षण तथा थप विकास गर्न आवश्यक छ । यस्तै कृषि,उर्जामा बिकास गरेर जिल्लाको आर्थिक गतिविधि बढ्न सके स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ ।

वरिष्ठ इन्जिनियर रतन ऐर

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo