२० मंसिर २०७८, सोमबार

चिसो बढेसँगै कोभिडको संक्रमण बढ्न सक्ने

२३ कार्तिक २०७८, मंगलवार
चिसो बढेसँगै कोभिडको संक्रमण बढ्न सक्ने

काठमाडौं । राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा एकाएक चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड–१९ को संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन् । यससँगै आउन सक्ने कोभिडको नयाँ भेरियन्ट (तेस्रो लहर) अझै घातक हुन सक्ने र आवश्यक सर्तकता अपनाउन नसकिए तेस्रो लहरबाट थप क्षति बेहोर्नुपर्ने अवस्था आउने कोभिड–१९ को ’boutमा अन्तर्राष्ट्रिय अध्ययन गरिररहेका डा. रमेशकुमार आचार्यले जानकारी दिए ।

उनले विभिन्न युरोपियन मुलुकमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएसँगै नेपालमा नयाँ भेरियन्ट देखापर्न सक्ने बताउँदै त्यसका लागि सरकारले पूर्वतयारीस्वरूप पर्याप्त मात्रामा आइसोलेसन वार्ड र हस्पिटल बेडको व्यवस्थापन गर्नुपर्ने आवश्यकता आंैल्याए । डा. आचार्यले पुनः संक्रमण बढ्दै जान सक्ने र अस्पतालमा शय्या, आईसीयू, भेन्टिलेटर र अक्सिजन कमी हुन सक्ने भएकाले स्वास्थ्य मन्त्रालयले समयमा नै उचित व्यवस्थापनमा ध्यान पु-याउनुपर्ने सुझाव दिए ।

डा. आचार्यका अनुसार आगामी पुस, माघ र फागुनमा डेल्टा र साउथ अफ्रिकन सिवान भेरियन्ट डेल्टाभन्दा संक्रामक नयाँ भेरियन्ट फैलन सक्ने र ब्रेक थ्रु इन्फेक्सन भएर भ्याक्सिनलाई छल्न सक्ने सम्भावनासमेत रहेको छ । नेपालमा हाल ८० लाखभन्दा बढी नागरिकले भ्याक्सिन लगाउनु सकारात्मक भएको र त्यसले एन्टिबडी विकास भई कोभिडसँग लड्न सक्ने क्षमताको विकास भएको डा. आचार्यको भनाइ छ ।

अन्तर्राष्ट्रिय रूपमा नै कोभिडको अध्ययन गरिररहेका डा. आचार्यका अनुसार हाल युरोपको स्पेन, नर्वे, इटली, जर्मनी, लंगजेनवर्गमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेकाले त्यसको असर नेपालमा पनि पर्न सक्ने देखिएको छ । यसैगरी साउथ अफ्रिकामा तेस्रो लहरको सी वान टु र सी वान भाइरस तीव्र गतिमा फैलिरहेकाले कोभिडको जोखिम यथावत् रहेको आचार्यले बताए । राजधानी दैनिकबाट

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
51 Shares
Tweet
Share51
Share
Pin