KhabarUjyalo

चक्र बमसहित ९ जना कलाकार जुवाखालबाट पक्राउ

१४ कार्तिक २०८०, मंगलवार
चक्र बमसहित ९ जना कलाकार जुवाखालबाट पक्राउ

काठमाडौं – काठमाडौंमा नौ जना कलाकार जुवाखालबाट पक्राउ परेको खुलेको छ।

शनिबार उनीहरूलाई मैतिदेवीको एक डान्सबारमा जुवा खेलिरहेको अवस्था प्रहरी वृत्त अनामनगरले सञ्चालक गजित बिष्टसहित ९ जना कलाकारलाई पक्राउ गरेको हो।

जुवाखालबाट पक्राउ पर्नेहरुमा शंकर आचार्य, इकु सुलेमान (सुलेमान शंकर), नरेन्द्र बिष्ट, रोशन सिंह, चक्र बम, साहिन मगर, सुरेन्द्र पाल र घनश्याम अधिकारी छन्।

जुवाखालबाट प्रहरीले एक लाख रकम भन्दा धेरै बरामद गरेको जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले बताए। पक्राउ परेकालाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo