KhabarUjyalo

सरकारी कार्यालयमा डडेल्धुरा प्रशासनको छड्के, २९ कार्यालयमा १७३ कर्मचारी अनुपस्थित

१४ कार्तिक २०८०, मंगलवार
सरकारी कार्यालयमा डडेल्धुरा प्रशासनको छड्के, २९ कार्यालयमा १७३ कर्मचारी अनुपस्थित

डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मंगलबार सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ।

छड्के अनुगमनका क्रममा अधिकांश कार्यालयमा कर्मचारी अनुपस्थित भेटिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा चन्द्रबहादुर रोकायाले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रोकायाका अनुसार २९ कार्यालयका एक सय ७३ कर्मचारी अनुपस्थित रहेका थिए । जसमध्ये डडेल्धुरा अस्पतालमा मात्रै ९२ कर्मचारी अनुपस्थित रहेका थिए । ९ कार्यालयका कार्यालय प्रमुख समेत अनुपस्थित रहेका थिए ।

प्रशासन कार्यालयले अनुपस्थित रहेका कर्मचारीलाई तीन दिन भित्र कारणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo