KhabarUjyalo

झण्डै आधा करोडको सोलार स्ट्रीट लाइट, न उज्यालो न कसैको चासो, गाउँपालिका आफैलाई घाँडो !

१४ कार्तिक २०८०, मंगलवार
झण्डै आधा करोडको सोलार स्ट्रीट लाइट, न उज्यालो न कसैको चासो, गाउँपालिका आफैलाई घाँडो !

डडेल्धुरा : गन्यापधुरा गाउँपालिकाले झण्डै आधा करोड खर्चेर टोलबस्ती, मन्दिरमा जडान गरिएका सोलार स्ट्रीट लाइट अधिकांश बत्ती बल्दैनन। केहीका सोलार, लाइट नै चोरी भइसकेका छन् ।

२०७४ सालदेखि अहिलेसम्म विभिन्न चरणमा गाउँपालिकाले पालिकाभित्र ३९ लाख २० हजार ८ सय २३ रुपैयाँ खर्चेर ३६ वटा सोलार स्ट्रीट लाइट जडान गरेको थियो ।

जडान गरेको केही समय बत्ति बलेपनी गाउँपालिकाले चासो नराख्दा लाखौं खर्चेर जडान गरिएका सोलार स्ट्रीट लाइटको विजोग रहेको छ ।

बत्तीमा समस्या आएमा ब्याट्री फेर्न र प्यानल सफा गर्नुपर्ने हो, तर अहिले गाउँपालिकालाई ती बत्ती घाँडो जस्तै बनेका छन्।

लाइट जडानपछी टोल-बस्ति, मन्दिरमा रातीको समयमा आवातजावतका साथै पुजापाठ गर्न सहज भएको थियो । तर जडान भएको केहिसमयमै बिगि्रएपछी सोलार स्ट्रीट लाइट अलपत्रमा अवस्थामा रहेका छन् ।

यता गाउँपालिकाले भने मर्मत गर्ने प्राविधिक नहुदा सोलार स्ट्रीट लाइटमा मर्मतमा समस्या आएको जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo