KhabarUjyalo

मानव बेचबिखनमा प्रहरी नै संलग्न

१४ कार्तिक २०८०, मंगलवार
मानव बेचबिखनमा प्रहरी नै संलग्न

काठमाडौं। मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी सोमबार अदालतबाट म्याद लिई अनुसन्धान शुरु गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरेको जानकारी दिए। उनीसँगै अर्का एक व्यक्ति समेत पक्राउ परेको उनले बताए।

मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता भएको पाइएको प्रहरीको दाबी छ। रासस

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo