KhabarUjyalo

इजरायलमा मारिएका थप दुई नेपाली विद्यार्थीको शव पहिचान, शव नेपाल ल्याउने तयारी

१४ कार्तिक २०८०, मंगलवार
इजरायलमा मारिएका थप दुई नेपाली विद्यार्थीको शव पहिचान, शव नेपाल ल्याउने तयारी

काठमाडौँ । दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये थप दुई नेपालीको शव पहिचान भएको छ ।

दक्षिणी इजरायलमा ७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरुमध्ये मधुवन-१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही-६ धनुषाका अनन्द साहको शव पहिचान हुन बाँकी थियो ।

दुवैको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ । सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo